२ वर्षमै सरकारले उत्साहजनक सफलता हात पार्याे : राष्ट्रपति भण्डारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २ वर्षमै ठूलो सफलता हात पारेको बताउनुभएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति भण्डारीले सरकारले २ वर्षको छोटो अवधिमै उत्साहनजनक सफलता हात पारेको बताउनुभयो ।
यस अवधिमा संविधान र मौलिक हकको चुस्त कार्यान्वयन भएको उहाँको भनाइ छ । विभिन्न १४ विश्वव्यापी सूचकाङ्कमा नेपालले हासिल गरेको प्रगति नै यसको परिणाम भएको राष्ट्रपती भण्डारीले बताउनुभयो । वर्तमान सरकारले समृद्ध नेपाल निर्माणको लागि बलियो आधार तयार पारेको उहाँले भन्नभयो ।