मकवानपुरको मनहरीका कोरोना संक्रमित ४ दिन अघि वीरगञ्जबाट काठमाडौं गएका
हेटौंडा । आज कोरोना भाइरस रोगको पुष्टि भएका मकवानपुरका युवाको स्थायी घर मनहरी गाँउपालिका रहेको पाइएको छ । स्रोतका अनुसार स्थायी घर मनहरी भएपनि उनी दशैयता घर गएका छैनन् ।
लामो समयदेखी काठमाडौं स्वयम्भुमा व्यवसाय गदै आएका संक्रमित युवा केही दिन अगाडि मात्रै वीरगञ्ज गएका थिए । ४ दिन अगाडि वीरगञ्जबाट फर्किएका उनी स्वाब परीक्षणका लागि टेकू पुगेका थिए । विरगन्जबाट फर्किएकाले घरधनीले कोरोना परिक्षण गर्न आग्रह गरेकाले टेकुमा परिक्षणका लागि पुगेका थिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परीक्षणमा उनलाई आज कोरोना पोजेटिभ देखिएको पुष्टि भएको थियो । संक्रमित युवाको अवस्था सामान्य रहेको र उनको उपचार शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा भइरहेको स्रोतले जनाएको छ ।
मकवानपुर स्थायी घर भएका कोरोना संक्रमित अस्थायी रुपमा काठमाण्डौं वस्ने गरेका थिए। हेटौंडाको ल्यावमा र कर्रामा रहेको आइसोलेसनमा राखिएकाहरु पाँच सय भन्दा वढीको कोरोना परिक्षण गरिएपनि हाल सम्म पनि उनीहरुको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टी भएको छैन । त्यसैले मकवानपुर निवासीहरु नआतीन तर, सजग रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
कोरोना संक्रमित पुरुषको परिक्षण राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तीमा उल्लेख छ । आज कोरोना पुष्टी भएका पुरुष मकवानपुर जिल्लाको पहिलो संक्रमित भने होइनन् । यसअभि पनि मकवापुरको चित्लाङ निवासी पत्रकारलाई कोरोना संक्रमण भएको छ ।
अहिले उहाँ बिरगन्को आइसोलेसनमा उपचाररत हुनुहुन्छ । मकवानपुर घर भएका तर अन्यत्र वस्दै आएका मध्य आज देखिएका कोरोना संक्रमित दोस्रो व्यक्ति हुन् । आज मकवानपुर घर भएको भनेर स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा मकवानपुर घर भएपनि कहाँ अस्थायी रुपमा वसेर काम गर्ने भन्नेकुरा खुलाएको छैन ।
हेल्थ पाटीको सहयोगमा हामिले यो समाचार प्रकासन गरेका हौं ।






