गुल्मीमा पैदल हिँडेर आउन पनि रोक

जनपत्र
१ जेष्ठ २०७७, बिहीबार १६:०६

१ जेठ, गुल्मी । गुल्मी जिल्ला प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी बढाइएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का बिरामी बढेसँगै जिल्लालाई ५ दिनसम्म सिल गरिएको छ । यस्तो अवस्थामा पैदल यात्रा गरेर पनि जिल्ला प्रवेश गर्न नदिन मुख्य नाकामा सुरक्षाकर्मी निगरानी बढाइएको हो ।

पाल्पाको सीमा रिडी, अर्घाखाँचीको सीमा रेसुङ्गा नगरपालिकाको नेटा, प्युठानको सीमा मदाने गाउँपालिका पुर्कोट, बाग्लुङको सीमा मालिका गाउँपालिकाको अर्खाबाङ, मुसीकोट नगरपालिकाको वामीटक्सार, चन्द्रकोट, कालिगण्डकी गाउँपालिकामा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेले बताए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको थियो ।

प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई ५ दिन मानिस आवतजावज पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

आइतबारबाट बैंक तथा वित्तीय संस्था खोल्ने निर्णयले खुकुलो बनेको लकडाउन पुनः कडाइ भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*