हेटौंडा अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

जनपत्र
३१ बैशाख २०७७, बुधबार १७:४८

हेटौंडा । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट वच्नका लागि हेटौंडा अस्पतालका लागि स्वास्थ्य सुरक्षा सामाग्री आज हस्तान्तरण गरिएको छ । प्लान इन्टर नेशलन हेटौडा इलाका कार्यालयबाट हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

प्लान इन्टर नेशलन हेटौडा इलाका कार्यालयका इलाका प्रबन्धक वसन्त कुमार श्रेष्ठले हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेल लाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभयो ।

प्लानले पीपीइ २५ सेट, ग्लोब्स ३ हजार जोर, सर्जिकल मास्क २ हजार ५ सय थान, के.एन.९५ मास्क ५ सय थान हस्तान्तरण गरिएको हो । दुइ लाख १७ हजार तीन सय छत्तीस रुपैया वरावरको सामाग्री हस्तान्तरण गरिएको प्लान नेपालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*