हेटौंडामा फूल रोप्ने अभियान निरन्तर

जनपत्र
३१ बैशाख २०७७, बुधबार ०७:४४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फूल रोप्ने अभियान निरन्तर रुपमा जारी रहेको छ । यहाँको मुख्य वजार क्षेत्र र आसपासका सडकको दायाँ बाँया क्षेत्रमा फूल र फलफूलका विरुवा रोप्ने अभियानलाई हिजो आज निरन्तर रुपमा चलिरहेको छ ।

वजार क्षेत्रलाई फूल र फलफुलले सजाउने अभियान अनुसार पानी परेकाले पनि फुल रोप्ने कामलाई अझ प्राथमिकताका साथ अगाडि वढाइएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । हेटौंडाको अजअम्व रोडमा दिनहुँ फूल रोप्ने काम भइरहेको छ । विगतका वर्षहरुमा फूल रोपेर विरुवा मरेका र खाली रहेका स्थानमा पनि फूल रोप्ने काम भइरहेको मेयर महतले वताउनुभयो ।

हेटौंडाका सडक अनुसार पेटीमा गमला सहितको फूल पनि रोपिएको छ । हेटौंडाको मानसचोक देखि लोकप्रिय ओरालो सम्म र संगमचोक देखि मानसचोक सम्मको सडकमा ठुला गमला सहितको फूल रोपिएको उहाँले वताउनुभयो । साघुरा पेटी भएका स्थानमा गमला राखेर थप सजाउने कामलाई प्राथमिकता दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*