वीरगन्जका कोरोना संक्रमित पत्रकार भन्छन्- कसरी लाग्यो, पत्तै पाइएन

जनपत्र
३० बैशाख २०७७, मंगलवार १८:३५

पर्साको वीरगन्जमा दुई जना पत्रकारमा कोरोनाभाइरस संक्रमण देखिएको छ।

मंगलबार दुई पत्रकारसहित ३९ जनामा कोरोनाभाइरस पुष्टि भएको सार्वजनिक भएको हो।

आफूले तीन दिनअघि स्वाब परीक्षणका लागि दिएको र आज आएको नतिजाअनुसार पोजेटिभ देखिएको संक्रमित एक पत्रकारले सेतोपाटीलाई बताए।

‘कसरी कोरोना लाग्यो पत्तै पाइएन,’ उनले  भने, ‘यसअघि संक्रमण देखिएका बस्तीमा रिपोर्टिङमा पनि गएको थिइनँ।’

आफूमा कुनै पनि लक्षण नदेखिए पनि स्वाब परीक्षण गराएको उनले बताए।

‘कोरोना देखियो भन्ने आएपछि म अचम्ममा छु। अहिले अफिसमा काम गरिरहेको छु,’ उनले भने, ‘अब आइसोलेसनमा जानुपर्ला।’

आज साँझ नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन जाने उनले बताए।

‘कोरोना नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्नुपर्छ,’ उनले भने, ‘तर लक्षण केही दिएको छैन।’ सेतोपाटीबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*