मकवानपुरको वकैयामा खोलामा डुवेर बालकको मृत्यु

जनपत्र
३० बैशाख २०७७, मंगलवार १६:४६

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ मामदमारमा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ बर्षीय सुकलाल बल रहेको प्रहरीले जनाएको छ ।

फुपुको घरमा आएका सुकलाल साथीहरुससंग बकैया–३ र ८ को सिमाना खजुरीदमारस्थित बकैया खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिनुभयो । पौडी खेल्ने क्रममा डुबेपछि साथीहरुले स्थानीयलाई खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*