पर्सामा पत्रकारमा पनि देखियो काेराेना सङ्क्रमण

जनपत्र
३० बैशाख २०७७, मंगलवार १६:२२

पर्सा – पर्सामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएका ३९ जनामध्ये चार जना पत्रकार रहेकाे पाइएकाे छ ।

आज काेराेना सङ्क्रमण देखिएका ३९ जनामध्ये दुइ जना पत्रकार रहेकाे प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार याे सङ्ख्या अझै बढ्न सक्नेछ ।

नेपालमा अहिलेसम्म एक सय ९१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । अहिलेसम्म १८ जिल्लामा सङ्क्रमण देखिएकाेमा सबैभन्दा धेरै पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पर्सामा काेराेना सङ्क्रमितमध्ये तीन जना निकाे भएका छन् ।

उदयपुरमा ३२ जनामा सङ्क्रमण पुष्टि भएकाेमा १४ जना उपचारपछि निकाे भएका छन् । त्यस्तै कपिलवस्तुमा २९ जना र बाँकेमा २४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

रुपन्देहीमा १६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ, काठमाण्डाैमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण पुष्टि भएकाेमा पाँचै जना उपचारपछि निकाे भएका छन् । कैलालीमा पनि सङ्क्रमण देखिएका चारै जना उपचारपछि निकाे भएका छन् ।

बारामा अहिलेसम्म तीन जनामा सङ्क्रमण देखिएकाे छ । राैतहटमा तीन जनामा सङ्क्रमण देखिएकाेमा एक जना उपचारपछि निकाे भएका छन् । बागलुङमा दुई जनामा सङ्क्रमण देखिएकाेमा दुई जना नै निकाे भएका छन् ।

चितवन र झापामा दुई/दुई जनामा सङ्क्रमण देखिएकाेमा एक/एक जना उपचारपछि निकाे भएका छन् । बर्दियामा एक जनामा सङ्क्रमण देखिएकाे छ ।

भाेजपुर र कञ्चनपुरमा सङ्क्रमण देखिएका एक/एक जना उपचारपछि निकाे भएका छन् । सप्तरी र सर्लाहीमा एक/एक जनामा सङ्क्रमण देखिएकाे छ । उज्यालोबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*