मौसम अपडेट : कस्तो छ आगामी तीन दिनको पूर्वानुमान ?

जनपत्र
२९ बैशाख २०७७, सोमबार ०७:१२

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २९ गते ‘सोमबार’

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ३० गते ‘मंगलबार’

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग रअसिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ ।
रातीः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ । पूर्वी भू(भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ३१ गते ‘बुधबार’

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ ।
रातीः देशको पुर्वी तथा मध्य भु-भाग भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू(भागका केही स्थानहरु तथा पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशका पहाडी भू(भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । खरिबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*