मकवानपुरको मनहरीमा ८० केजी गाँजा सहित महिला पक्राउ

जनपत्र
२८ बैशाख २०७७, आईतवार १६:२६

हेटौंडा । मकवानपुर प्रहरीले ८० किलो लागुऔषध गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ बाट ८० किलो लागुऔषध गाँजा सहित एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने फुलमाया तामाङ्ग रहेकी छन् । कोठामा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा प्रहरी टोलीले तामाङ्गकी घरबाट ८० किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तामाङलाई लागु औषध गाँजा सहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*