यी ४ काम महिला र पुरुषले धेरै बेरसम्म गर्न हुँदैन !

जनपत्र
२८ बैशाख २०७७, आईतवार ०६:५७

विष्णु पुराणमा विभिन्न शास्त्रीय महत्व र मानिसले पालना गर्नुपर्ने नियमको बारेमा बताइएको छ । विष्णु पुराणमा भूगोल, कर्मकाण्ड, ज्योतिष, राजवंश र भगवान श्रीकृष्णको चरित्रको बारेमा वर्णन गरिएको छ । जो मानिस सुखी जीवन बिताउन चाहान्छ, त्यसले विष्णु पुराणका यी नियम जान्नै पर्ने हुन्छ ।

१। निरोगी तथा राम्रो बनिराख्नका लागि हरेक दिन विहा नुहाउनुपर्दछ । यदि नुहाएको बेला दिमागमा केहि कुरा आयो भने शुभ फल प्राप्त हुन्छ । विहानै उठेर सूर्य उदय हुनुभन्दा पहिला ताराहरुको छाया हेर्दै नुहाएमा अलक्ष्मी, समस्या र नराम्रो शक्ति नष्ट भएर जान्छ । नुहाउने समयमा गुरु मन्त्र, स्तोत्र तथा श्लोकहरु वा भगवानको नाम लियो भने पनि अक्षय पुण्यको लाभ हुन्छ । तर धेरैबेरसम्म नुहाउँदा भने स्वास्थ्यलाई हानी हुन्छ ।

२। साथै जीवनशैलीमा निन्द्रा राम्रो लिन आवश्यक छ । हरेक दिन ७ देखि ९ घण्टासम्म निदाउन आवश्यक हुन्छ । यदि राम्रो निन्द्रा पुगेन भने तपाई बिरामी हुनुहुनेछ । शास्त्रका अनुसार विहा छिटै उठ्ने र बेलुका चाँडै सुत्नुपर्दछ । तर शास्त्रले दिनमा सुत्नुलाई नराम्रो मान्ने गरेको छ ।

३। साथै विहानको समयमा श्रीमानश्रीमतीले शारीरिक सम्पर्क गर्न नहुने पनि शास्त्रमा उल्लेख छ । किनभने विहानको समयमा शारीरिक सम्बन्ध राख्दा विभिन्न रोगले सताउँदछ । ४। सूर्योदय भन्दा पहिला उठ्नु स्वास्थ्यका लागि राम्रो मात्र होइन यसले जीवनमा समृद्धि पनि लिएर आउँछ । विहान धेरै समय सुत्दा तपाईलाई विभिन्न रोगले सताउँछ । साथै लक्ष्मी पनि तपाईसँग रुष्ट हुन्छिन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*