झापामा लकडाउन खुकुलो, मलदेखि हार्डवेयर पसलसम्म खोल्न पाउने

जनपत्र
२७ बैशाख २०७७, शनिबार ०७:२२

झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरेको छ।
बैठकले खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इँटा बिक्री केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टसलगायतका पसल बिहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्ने पाउने निर्णय गरेको छ। खाद्यान्न र सागसब्जीका पसल बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो।
त्यस्तै बैठकले घर बहाल कर, व्यवसायी कर तथा शुल्कहरू छुटका लागि स्थानीय उद्योग वाणिज्य सघहरुसँग समन्वय गरी आवश्यक निर्णय गर्न स्थानीय तहलाई अनुरोध गर्ने, स्थानीय तहबाट हुने राहत सामग्री कडाइका साथ एकद्धार प्रणालीमार्फत वितरण गर्ने साथै राहत सामग्री तोकिएको मापदण्ड र गुणस्तरको हुनुपर्ने निर्णय गरेएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*