सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

जनपत्र
२५ बैशाख २०७७, बिहीबार १६:१५

काठमाण्डौ – आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम जेठ २ गते आउने भएको छ ।

राष्ट्रिय सभाले बनाएको कार्यतालिका अनुसार जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा वाचन गर्नुहुनेछ । नीति तथा कार्यक्रममा बजेटका प्राथमिकता र सिद्धान्त समावेश हुन्छन् । नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइसकेपछि जेठ पाँच गते प्रधानमन्त्रीले जवाफ दिने र नीति तथा कार्यक्रम पारित हुने तालिका रहेको छ ।

यस्तै शुक्रबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । यही अधिवेशनमा प्रि-बजेट छलफल हुने, ३ दिन प्रतिनिधिसभामा  र २ दिन राष्ट्रियसभामा बजेटबारे छलफल हुनेछ । संघीय सरकारको बजेट जेठ १५ गते प्रस्तुत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*