पत्रकारिता दिवसको अवसरमा रेडियो सञ्चालकहरुसंग छलफल

जनपत्र
२४ बैशाख २०७७, बुधबार १८:११

हेटौंडा । आज रेडियो बुलेटिन ८९.७ मेघाहर्जले पत्रकारिता दिवस २०७७ को उपलक्ष्यमा रेडियो सञ्चालकहरुसग छलफल गरेको छ । पछिल्लो समय कोभिड १९ बाट सबै क्षेत्र प्रभावित भएको अवस्थामा मकवानपुरमा रहेका रेडियो सञ्चालकहरुले ब्योहोरेका समस्यामाथि आज छलफल भएको हो।

छलफलमा सरकारले अहिलेसम्म स्वास्थ क्षेत्रका लागि समेत प्रयाप्त बजेट नछुट्याएको बताउदै मिडियाका लागि राहतका कार्यक्रम ल्याउन रेडियो मकवानपुरका सञ्चालक महालक्ष्मी डिना उपाध्यायले सरकारसग आग्रह गर्नुभयो।

यस्तै ब्यबशाय आफ्नो ठाउमा भए पनि यो बिषम् परिस्थीतिमा सबै मिलेर जानुको बिकल्प नभएको रेडियो थाहाका सञ्चालक अरुणराज सुमार्गीले बताउनु भयो । यसै गरी हेटौडा एफएमका प्रबन्ध निर्देशक उज्ज्वल चौलागाईले सबै स्थानिय सरकारले बजेट दिएर त्यो वापत सुचनाहरु प्रसारण गर्न रोयल्टीमा शून्य प्रतिशतमा झार्न र नविकरणमा छुट गर्न राज्यसग माग गर्नु भयो।

कार्यक्रममा सबै रेडियोहरु मिलेर जानुको बिकल्प नभएको बताउदै अबको दिनमा कसरी सबै स्थापित हुन सकिन्छ भनेर गृहकार्य शूरु गर्नुपर्ने रेडियो सन्देशका प्रबन्ध निर्देशक सुनिल खड्काले बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्दै रेडियोले हरेक महिना सामाजिक कार्य गरीरहेको र यो पनि त्यसैअन्र्तगत भएको रेडियो बुलेटिनका प्रबन्ध निदेर्शक अनिल कुमार खातिले बताउनु भयो । कार्यक्रकको सहजीकरण रेडियो बुलेटिनका समाचार प्रमुख मसान उपासकले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*