हेटौंडा अस्पताललाई ‘सिस्टर रोवर्ट’ हस्तान्तरण

कोरोना संक्रमित विरामीलाई डाक्टरले नछोइकन रोवर्टका माध्यमले उपचार गरिने
जनपत्र
२४ बैशाख २०७७, बुधबार १७:२५

हेटौंडा । मकवानपुरको हेटौंडा अस्पताललाई ‘सिस्टर रोवर्ट’ हस्तान्त्रण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को त्रास वढेको समयमा स्वास्थ्यकर्मीले सिधै विरामी सम्म पुगेर जाँच गर्ने, औषधि दिने भन्दा पनि ‘सिस्टर रोवर्ट’ का माध्यमले पुग्नका लागि सहज हुनेगरी हस्तान्तरण गरिएको हो ।

बिशेषगरी कोरोना संक्रमित बिरामीलाई उपचार गर्नका लागि स्वास्थ्यकर्मीलाई संक्रमण नहोस भन्ने उदेस्यले ‘सिस्टर रोवर्ट’ को प्रयोग ल्याउन लागिएको हो । नेपालका सरकारी अस्पतालमै पहिलो पटक हेटौंडामा यसको प्रयोग गरिएको हो । नेपाल इन्जिनियर एशोशिएसन बागमती प्रदेश समितिले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल मार्फत हेटौंडा अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो । ‘सिस्टर रोवर्ट’ हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा राखीने भएको छ ।

कोरोना संक्रमित बिरामीलाई सिधै स्वास्थ्यकर्मी पुगेर जाँच गर्ने, औषधि वितरण गर्ने र सहयोगिले खाना लगिदिने भन्दा पनि ‘सिस्टर रोवर्ट’ का माध्यमले पु¥याइने हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी छुट्टै कोठामा बसेर कम्प्युटरका माध्यमले ‘सिस्टर रोवर्ट’ बिरामीकहाँ पु¥याउने, बिरामीले आफ्ना कुरा भिडियो मार्फत राख्ने र त्यही अनुसार उपचार गर्न पनि सहजका लागि उपयोगमा ल्याइने डाक्टर श्रेष्ठले वताउनुभयो ।

‘सिस्टर रोवर्ट’ मा ३० केजी सम्मको सामानहरु रिमोर्टका माध्यमले विरामी सम्म लग्नका लागि सजिलो हुने भएको छ । कोरोना संक्रमितका विरामीको उपचारका लागि सहजता प्रदान गर्ने र कोरोनाको संक्रमण स्वास्थ्यकर्मीमा नफैलियोस भन्ने उदेस्यले अस्पताललाई उपलब्ध गराइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेलले वताउनुभयो ।

कुल ९० हजार रुपैयाँ लगानीमा ‘सिस्टर रोवर्ट’ निर्माण गरिएको र यसको प्रयोग गरिएको नेपाल इन्जिनियर एशोशीएसन बागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले वताउनुभयो । मुख्यमन्त्री पौडेलले ‘सिस्टर रोवर्ट’ हस्तान्तरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्न आग्रह गर्नुभयो । अहिलेको युग भनेको प्रविधिको युग भएकाले यसै अनुसार काम गर्न उहाँले निर्देशन समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*