थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
जनपत्र
२४ बैशाख २०७७, बुधबार १६:३२

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*