अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द

जनपत्र
२४ बैशाख २०७७, बुधबार १५:३०

४ वैशाख, काठमाडौं । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*