मकवानपुरको भिमफेदीमा आरडीटी पोजेटिभ देखिएका कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

जनपत्र
२३ बैशाख २०७७, मंगलवार १८:३९

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा कार्यरत कर्मचारीमा एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएका एक पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । आज किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले गरेको पीसीआर परीक्षणमा पुरुषको रिपोर्ट नेगेटिभ देखिएको हो ।

राजविराज घर भएका उहाँ आईतबार मात्र गाउँपालिका आएका थिए । सोमबार प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले दुई जनाको आरडीटी परीक्षण गरेको थियो । परीक्षण गराएका मध्ये उहाँको रिपोर्ट एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछी हेटौंडाको कर्रामा रहेको आइसोलेनमा राखिएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार बिहान थप ७ जनामा संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको हो । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*