खेतियोग्य उर्वर जमिन बाँझो नराख्न हेटौंडा उपमहानगरपालिकाको आग्रह

जनपत्र
२३ बैशाख २०७७, मंगलवार १७:४१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले कृषि योग्य जमिन बाँझो नराख्नका लागि आग्रह गरेको छ । लामो समय सम्मको लकडाउनपछी खाद्यान्नको समस्या हुने भएकाले बाँझो अवस्थामा रहेका जमिन खाली नराख्नका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभयो । अहिले पनि खाली अवस्थामा रहेका खेतबारीलाई तत्काल उपयोगमा ल्याउनका लागि उहाँले आग्रह गर्नुभयो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा किसानका लागि प्रविधि हस्तान्तरण, कृषिमा आधुनिकीकरणमा जोड दिएको छ । आउँदो आर्थिक वर्ष र यो वर्ष पनि बाँकी रहेको वजेटलाई उर्वर जमिनलाई उपयोगमा ल्याउनेगरी काम गर्न लागिएको मेयर महतले वताउनुभयो ।

लामो समयको लकडाउनका कारण वेरोजगारी समस्या वढ्दै गएकाले कृषि क्षेत्रमा लाग्ने युवाहरुलाई सहयोग गरिने उपमहानगरपालिकाको योजना छ । कोरोना भाइरसको महामारीका कारण रोजगारी क्षेत्रमा बढी असर पर्न गएकाले नगर क्षेत्रमा खेती योग्य जमिन बाँझो नराख्नका लागि सवैमा आगैह गरिएको र किसानका लागि सहयोगका कार्यक्रम पनि ल्याइने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*