हेटौंडामा बागमती प्रदेश मातहतका अस्पताल विकास समितिका अध्यक्षको छलफल
हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्गतरगतका ७ वटा अस्पताल बिकास समितिका अध्यक्षहरुसंग हेटौंडामा छलफल भएको छ । कोरोना भाइरस (कोभिड १९) पछी अस्पतालहरुले हाल सम्म गरेका काम, कोरोना नियन्त्रणका लागि भएका प्रयास, अव गर्नुपर्ने काम लगायतका विषयमा छलफल भएको थियो । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना नियन्त्रणका लागि सक्दो प्रयास गर्न निर्देशन दिनुभयो ।
कोरोना भाइरस रोकथामका लागि प्रदेश मातहतका अस्पतालले हाल सम्म गरेको कामको जानकारी मन्त्री दुलाललाई जानकारी गराएका थिए । बैठकमा सहभागि सवै अध्यक्षलाई हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ, अस्पतालका बालरोग बिशेसज्ञ डाक्टर हरिबहादुर खड्का लगायतका डाक्टर र कर्मचारीले स्वागत गरेका थिए ।
बैठकमा कोरोना नियन्त्रणको कामसंगै अस्पतालबाट हुने गरेको निशुल्क औषधि वितरण, स्वास्थ्य विमामा आएका समस्या र यसलाई प्रभावकारी वनाउने लगायतका विषयमा छलफल भएको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेलले जानकारी दिनुभयो । अस्पतालका कर्मचारीका सेवा सुविधा, समिति मातहत रहेका स्वास्थ्यकर्मी र कर्मचारीका सुविधा, अव गर्नुपर्ने नीतिगत निर्णयका विषयमा पनि छलफल भएको अध्यक्ष पौडेलले वताउनुभयो ।






