मकवानपुरको भिमफेदी गाउँपालिकाका एक जना कर्मचारीमा आरडीटी रिपोर्ट पोजेटिभ

जनपत्र
२२ बैशाख २०७७, सोमबार १७:१६

मकवानपुर/ मकवानपुरको भिमफेदीमा आज एक जनामा आरडीटी पोजेटिभ देखिएको छ । भिमफेदीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएको हो ।

भिमफेदी गाउँपालिकामै कार्यरत कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको अध्यक्ष हिदम लामाले वताउनुभयो । कामको शिलसिलामा सप्तरी पुगेर गाउँपालिकामा फर्किएका कर्मचारीलाई आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको अध्यक्ष लामाले वताउनुभयो ।

आरडीटी पोजेटिभ देखिएका पुरुषलाई हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले सोमबार दुई जनाको आरडीटी परीक्षण गरिएको थियो । जसमध्ये एक जना पुरुषको रिपोट एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएको हो । भ्याएसम्म उहाँको आजै नमुना संकलन गरि पीसीआर परीक्षण किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*