बागमती प्रदेशमा ८६१० जनाको र्‍यापिड टेष्ट

मकवानपुरका दश वटै स्थानीय तहमा गरेर ६ सय ७ जनाको र्‍यापिड टेष्ट गरिएको छ ।
जनपत्र
२२ बैशाख २०७७, सोमबार ०७:०४

हेटौंडा । बागमती प्रदेशका जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको ८ हजार ६ सय १० जनामा परीक्षण गरिएको छ । प्रदेशका १३ वटै जिल्लामा र्‍यापिड टेष्ट गर्दा १८ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।

र्‍यापिड टेष्टको कामलाई अरु प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि तिव्रता दिइएको छ । मकवानपुरका दश वटै स्थानीय तहमा गरेर ६ सय ७ जनाको र्‍यापिड टेष्ट गरिएको छ । उनीहरु मध्य चार जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्धालयलय जनाएको छ । अरु ६ सय ३ जनाको आरडीटी रिपोर्ट नेगेटीभ आएको छ ।

र्‍यापिड टेष्ट हेटौंडामा सवैभन्दा धेरै र गाउँपालिका स्तरमा पनि गरिदै आएको छ । विशेषगरी कोरोनाको संका लागेकाहरुमा र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरेर र्‍यापिड टेष्ट गरिएको हो ।

र्‍यापिड टेष्ट काठमाण्डौमा २ हजार ६ सय १० जना, भक्तपुरमा ३ सय ८४ जना, ललितपुरमा ७ सय ८ जना, रसुवामा ७७ जना, नुवाकोटमा ५ सय ३१ जना, धादिङमा ६ सय ६४ जना, चितवनमा ८ सय २४ जना, सिंधुलीमा ५ सय ४६ जना, रामेछापमा १ सय ८६ जना, दोलखामा ३ सय ७१ जना, काभ्रेमा ५ सय ५ जना, सिन्धुपाल्चोकमा ५ सय ९७ जनामा र्‍यापिड टेष्ट गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*