नेल्टा मकवानपुरद्धारा अनलाईन कक्षा सञ्चालन
मकवानपुर/ नेल्टा मकवानपुरको आयोजनामा मकवानपुरले मकवानपुर जिल्लाको बिभिन्न सरकारी बिद्यालयका एसईई तयारीमा रहेका बिद्यार्थीहरुलाई लक्षित गरी अंग्रेजी बिषयको पाँच दिने अनलाईन सहयोगी कक्षा सञ्चालन गरेको छ ।
बैशाख २१ गतेबाट सञ्चालित उक्त कक्षा २५ गतेसम्म चल्नेछ । उक्त कक्षा बिहान ७ः३० देखि ९ बजेसम्म सञ्चालन हुनेछ भने जिल्लाका बिभिन्न ९ जना अंग्रेजी शिक्षकहरुले बिद्यार्थीहरुलाई पठनपाठन गराउनुहुनेछ। पठनपाठनमा जिल्लाका करिब १० वटा बिद्यालयका बिद्यार्थीहरु सहभागी भएका छन् ।
नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईको अध्यक्षतामा शुरु भएको कार्यक्रमको उद्घाटन नेल्टाका केन्द्रीय अध्यक्ष श्रीमती मोतीकला सुब्बा देवानले गर्नुभएको थियो भने शिक्षा विकाश तथा समन्वय ईकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।






