विश्वमा कोरोनाका ३४ लाख ८० हजार विरामी, ११ लाख निको भए, अमेरिकामा साढे ११ लाख स‌ंक्रमित

जनपत्र
२१ बैशाख २०७७, आईतवार ०८:५३

काठमाडौं / अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ। गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार ९ सय २३ छ। अमेरिकामा १ लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन्। विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ।

विश्वभर कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६ सय पुगेको छ। वल्डोमिटरले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांकअनुसार विगत २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिएका छन्। स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्। त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १०को ज्यान गएको छ।

बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ भने लाख ६८ हजार ३ सय ९६ जनामा संक्रमण देखिएको छ। जर्मनीमा तीव्र रुपमा फैलिको भाइरका कारण संक्रमितको १ लाख ६४ हजार ९ सय ६७ । त्यहाँ ६ हजार ८ सय १२ जनाको ज्यान गएको छ। टर्कीमा ३ हजार ३ सय ३६ को मृत्यु भएको छ भने त्यहाँ १ लाख २४ हजार ३ सय ७५ जना संक्रमति छन्।

त्यस्तै रुसमा १ लाख २४ हजार ५४ जनामा संक्रमण देखिएको छ। भारतमा ३९ हजार ६ सय ९९ जना संक्रमित रहेका छन्। त्यहाँ १ हजार ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनाका कारण विश्वभरमा ११ लाख ८ हजार ६५ जना निको भइसकेका छन्। नेपालमा भने संक्रमितको संख्या ५९ पुगेको छ। तीमध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्। थाहा खवरबाट । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*