हेटौंडा बजारमा ढकमक्क फूल (फोटो फिचर)
हेटौंडा । मकवानपुरको सदरमुकाम हेटौंडाका मुख्य सडक र भित्री सडकमा अहिले फूल फुलेर ढकमक्क भएको छ । हेटौंडा उपमहानगरपालिकाले मुख्य वजार वरपर सडकको दायाँ बायाँ फूल रापेको हो । रोपिएका फूल अहिले फुलेपछी बजार क्षेत्रमा सुन्दरतालाई थपेको छ ।
बितेको दुईवर्ष अभियानकै रुपमा फूल रोपीएको थियो । अहिले ती फूलले शहर बजार क्षेत्रलाई थप सुन्दर वनाएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।
फूल रोप्ने अभियानलाई यो वर्ष र आउँदो वर्ष पनि अभियानकै रुपमा सञ्चालन गरिने उहाँले वताउनुभयो । बिशेषगरी हेटौंडाको कान्तिराजपथ, पारीजातपथ, स्कुलरोड, भैरवरोड, माछाप्लान, उपमहानगरपालिका रोड, संगमचोक लगाएतका क्षेत्रमा फूल रोपिएको र अहिले फुलेको मेयर महतले वताउनुभयो ।
अहिले लकडाउनपछी फूलमा पानी पनि निरन्तर परेको र छारो धुलो समेत नभएकाले सुन्दरता थप भएको छ । हेटौंडाको मेनरोडमा भने असोकका रुखले हरियाली देखिएको छ ।