कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३४ लाखबढी संक्रमित

जनपत्र
२० बैशाख २०७७, शनिबार ०६:५८

वल्डो मिटरको शनिबार बिहान ७ बजेको तथ्याङ्क अनुसार विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५ सय ७० जना पुगेको छ ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३४ लाख २ सर ७८ मानिस संक्रमित भएका छन् । भाइरसको संक्रमणमा लागेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म २० लाख ८१ हजार १ सय ५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार ३ सय ५१ जनाको अवस्था गम्भीर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*