हिउँमा फसेका मजदुरको १४ दिनपछि सकुशल उद्धार

जनपत्र
२० बैशाख २०७७, शनिबार ०६:५३

रसुवा जिल्लाको गोसाइकुण्ड नजिकै हिउँमा फसेका सिन्धुपाल्चोकको एक मजुदरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । लकडाउन पछि हिडेरै घर फर्कदै गरेका बलेफी गाउँपालिका ४ का सुरज लामाको गाउँपालिका अध्यक्ष केदार क्षेत्री र नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाको सक्रियतामा उद्धार गरिएको हो ।

रसुवा जिल्लामा निर्माणधिनी रसुवागडी हाइड्रोपावरमा मजदुरी गर्दे आएका लामा बैशाख ६ गते हिडेरै घर आउँदै थिए । गोसाइकुण्ड हुदै हेलम्बु निस्केर आफ्नो घरमा आउँन लागेका लामा गोसाइकुण्ड नजिकैको तारेभिरमा आएपछि हिउँमा फसेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*