ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, १२ घर नष्ट
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी भएको छ। ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले शनिबार बिहान दिएको जानकारीअनुसार आगलागी साढे ७ घण्टापछि अघि बिहान साढे ५ बजे नियन्त्रणमा आएको हो।
आगलगाीबाट एक पक्की घरसहित घुम्ती पसलका ससाना घरसमेत गरेर १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।‘भर्खरजसो आगो निभाएर सकियो,’ शनिरबार बिहान टेलिफोनमार्फत प्रहरी निरीक्षक पोखरेलले नेपालखबरसँग भने, ‘क्षतिको विवरण अनुमान गर्न पाइएकै छैन।’
उनका अनुसार ५–६ वटा दमकल, जेसीभी, स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो नियन्त्रणमा लिइएको हो। फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर ९ट्याक्सी पार्किङ गर्ने स्थल० भन्ने स्थानमा आगलागी भएको उनले बताए। नेपालखबरबाट





