मकवानपुरको कैलाशले पायो पिपिई, थर्मल गनसहित स्वास्थ्य सामग्री

जनपत्र
१९ बैशाख २०७७, शुक्रबार १९:२४

कैलाश–कोरोना भाइरसको संक्रमण रोक्नका लागि स्थानीय सरकारले गर्ने प्रयासमा गैरसरकारी संस्थाले सघाएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकाका लागि सीसीडीएन र प्राक्टिकल एक्सनले ठूलो परिमाणको स्वास्थ्य सामग्री दिएको हो । सीसीडीएनका तर्फबाट महेन्द्र मगरले स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि पहल गर्नु भएको हो ।

कैलाश गाउँपालिकालाई प्राप्त भएको सामग्रीहरुमा पूर्ण सुरक्षासहितको पिपिई सेट २२ थान रहेको छ । त्यसैगरी २५० थान सर्जिकल ग्लोभ्स, इन्फ्रारेड थर्माेमिटर १२ थान, सर्जिकल मास्क २ हजार ५ सय थान, केएन ९५ मास्क ४५ थान, डिजिटल थर्माेमिटर १३ थान र २७२ थान स्यानिटाइजर रहेको छ ।

गाउँमा जटिल अबस्थामा स्वास्थयकर्मीहरु निश्चित स्रोत साधनमा काम गरिरहनु परेको अबस्थामा सीसीडीएन र प्राक्टिकल एक्सनले सहयोग गरेपछि स्थानीय सरकारले ठूलो राहत महसुस गरेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।

सामग्री प्राप्त भएपछि अब ५ वटै स्वास्थ्यचौकीहरुमा ज्वरो जाँच केन्द्र स्थापना गरिने र थर्मल गनको सहयोगबाट ज्वरो नाप्ने प्रक्रियालाई सहज बनाइने उहाँले बताउनुभयो । त्यसैगरी बढी मानिसहरुको आवत जावत हुने स्थानहरुमा स्यानिटाइजर, मास्क तथा क्वारेन्टाइनहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पिपिई समेत प्रयोग गर्ने अबसर मिलेकामा अध्यक्ष मुक्तानले सहयोगीहरुप्रति आभार ब्यक्त गर्नुभयो । प्राप्त भएका स्वास्थ्य सामग्री सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पठाउने प्रक्रिया सुरु भएको छ । बर्षातका कारण सबै स्थानमा सामग्री पठाउन समस्या भएको बताइएको छ ।

यसअघि गाउँपालिकाले थर्मल गनको अभावमा नामटारमा मात्रै ज्वरो जाँच क्लिनिक संचालन गरिरहेको थियो भने विभिन्न स्थानमा रहेका स्वास्थ्य चौकीहरुमा पुगी ¥यापिड टेस्ट अभियान चलाएको थियो । साबिक डाँडाखर्क, गोगने, कालिकाटार, नामटार र भार्ता गाविस मिलेर बनेको कैलाश गाउँपालिकामा साबिकका सबै गाविसहरुमा स्वास्थ्य चौकी रहेका छन् । मनहरी लाइभबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*