मकवानपुर प्रहरीको गेटमा सेनीटाइजर टनेल

जनपत्र
१९ बैशाख २०७७, शुक्रबार १६:२६

हेटौंडा । मकवानपुरका विभीन्न स्थानमा सेनीटाइजर टनेल राखिएको छ । कोरोना भाइरसको संक्रमण वढ्न नदिनका लागि सेनीटाइजर टनेल राखिएको हो । यसअघि हेटौंडा उपमहानगरपालिकाले मकवानपुर प्रबेश गर्ने नाका चुरीयामाइमै स्यानीटाइज जडान गरेको थियो । प्रदेश २ बाट बागमती प्रबेश गर्ने हरेक नागरिकलाई स्यानीटाइज गरेपछी मात्र हेटौंडा छिर्न दिइएको छ ।

मकवानपुरका लायन्स र लियो क्लवको संयोजनमा गोदावरी स्टिल्स प्रालिले टनेल सहयोग गरेको सेनीटाइजर टनेल प्रहरी कार्यालय अगाडि राखिएको हो । यो टनेलबाट स्यानीटाइज गरेपछी मात्र प्रहरी कार्यालय भित्र छिर्न पाइन्छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवेशद्वारमै सेनेटाईजर टनेल जडान गरिएको छ । आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले टनेलको शुभारम्भ गरेका हुन् ।

प्रहरी कार्यालय प्रवेश गर्ने सेवाग्राही र कामका लागि बाहिर गएर आउने प्रहरीलाई लक्षित गरी टनेल जडान भएको हो । कोरोनाको संक्रमणको जोखिम रोक्न टनेल फलदायी हुने मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिह राठौरले जानकारी दिए । कार्यक्रममा मकवानपुरका लायन्स र लियो क्लवका प्रतिनिधि र प्रहरीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*