मकवानपुरको मनहरीकी कान्छीमायाँको जीवन कष्टकर, गाउँपालिकाले घर वनाइदिने

जनपत्र
१९ बैशाख २०७७, शुक्रबार ०९:५१

हेटौंडा । मकवानपुरको मनहरीकी एकल महिलाको जिवन कष्टकर वन्दै गएको छ । सानो झुप्रो घरमा वस्दै आउनुभएकी मनहरी गाउँपालिका वडा नम्बर ९ खरंङ्गाकी ६५ बर्विाय कान्छीमायाँ राई लामा झुप्रो घरमा निकै कष्टसंग वस्दै आउनु भएको छ । उहाँलाई दैनिक छाक टार्नेसंगै धेरै खालका समस्या परेको छ । चार वर्ष अगाडि श्रीमान बितेपछी उहाँको जिवन झनै कष्टकर वनेको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्ट वताउनुहुन्छ ।

दमको रोग र बिभीन्न खालका रोगले पीडित वनेकी कान्छीमायाँलाई छाक टार्नकालागि समस्या पनि छ । उहाँकै घर छिमेकमा पक्की घर निर्माण हुँदा उहाँको घर भने निकै झुप्रो छ । एक्लै भएकाले पनि धेरै खालका समस्या परेको र उहाँ एक्लैले घर निर्माण गर्न असहज भएकाले मकवानपुरको मनहरी गाउँपालिकाले घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाको उपाध्यक्षसंग महिला, बालिका असहाय न्यायकोषले घर निर्माण गरिदिने भएको छ ।

स्थानीय युवाहरुले समेत उहाँको घर निर्माणका लागि सहयोग गर्ने र पालिकाको यो कोषमा रहेको रकमबाट घर निर्माण गरिदिने गाउँपालिकाका उपाध्यक्ष विष्टले वताउनुभयो । यो कोषमा हाल नौ लाख रुपैयाँ रहेको र केही रकमबाट घर निर्माण गर्ने योजना वनाएको उहाँले वताउनुभयो ।

यसअघि महिला र बालिकाको उपचारका लागि गाउँपालिकाले सहयोग गरेको उपाध्यक्ष विष्ठले वताउनुभयो । कुनैपनि घटनाको प्रकृति हेरेर काम गरिने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*