हेटौंडाको रातोमाटेबाट तेल ट्याङकरमा लागूऔषध ओसार्ने दुईजना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले तेल बोक्ने ट्यांकरमा लुकाइछिपाइ ल्याएको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकोे हो । लकडाउनको मौका छोपेर तेल बोक्ने ट्याङकरमा भारतबाट लागूऔषध भित्रयाइएको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ डेरा गरी बस्ने ३१ वर्षीय मानबहादुर थोकर हेटौंडा–४ का ४५ वर्षीय सेते लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले वताउनुभयो ।
भारतको रक्सौलबाट तेल बोकेर हेटौंडा हुँदै काठमाडौंतर्फ जादै गरेको ना ३ ख ६४६६ नम्बरको टयाङ्करमा लुकाइछिपाइ ल्याएको लागूऔषध विनसिरेक्स १५५ बोतल बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबार्ही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।