भरतपुरको कोरोना अस्पताल अनियमितताः अस्पताल वनिसकेपछी बागमती प्रदेश सरकारको एक करोड

जनपत्र
१८ बैशाख २०७७, बिहीबार ०८:११

हेटौंडा । भरतपुर महानगरपालिकाले निर्माण गरेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल निर्माण भइसकेपछी बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ निकासा गरेको छ । कोरोनाको संकटमा उपचार व्यवस्थापनका लागि सहज वनाउनका लागि अस्पताल निर्माण गर्ने प्रयोजनका लागि भन्दै बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको हो ।

भरतपुरमा कोरोना भाइरसको उपचार गर्नका लागि भनेर भरतपुर महानगरपालिकाले तत्काल निर्माण गरेको अस्पताल आफैले निर्माण गरेको थियो । कोरोना अस्पताल निर्माणका लागि भरतपुरका निजी अस्पताल, सहयोगि हातहरुले बेढ, केही मेसिन लगायतका क्षेत्रमा सहयोग गरेका थिए । सवैको आर्थिक तथा सवै खालका सामान सहयोगबाट कोरोना अस्थायी अस्पताल निर्माण भयो । तर, बनीसकेको अस्पतालका लागि भन्दै बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ निकासा गरेको छ । अस्पताल बनीसकेपछी त्यही कामका लागि रकम निकासा गरिएकोमा प्रदेश सरकार भित्रै पनि विरोध भएको छ । अस्पताल निर्माण भइसकेपछी १५ दिनपछी एक करोड रुपैयाँ त्यही कामका लागि भनेर निकासा गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) का बिरामीको उपचार गर्न निर्माण गरिएको अस्पतालका लागि भनेर भरतपुर महानगरपालिकाको खातामा रकम पठाइएको बागमती प्रदेश सरकारका एक जना मन्त्रीले वताउनुभयो । कोरोना अस्पतालका लागि बागमती प्रदेश सरकारले आवस्यक सामान पनि पठाएको छ । संघीय सरकार र दातृ निकायहरुले सामान पठाएका छन् । प्रदेश सरकारले पठाएको रकम के के प्रयोजनमा खर्चि गरियो भनेर कागजत बनाइएको छ । तर, ती मध्य धेरै सामान दुई तहका सरकारले पठाएका पनि छन् ।

७२ घण्टामा निर्माण गरिएको भन्दै प्रचार गरिएपछि देशका अन्य स्थानमा समेत यस्ता अस्थायी अस्पताल बन्न सुरु भएको थियो । देशभरका लागि नमुना मानिएको अस्पताल नै अहिले आर्थिक व्यवस्थापनमा अपारदर्शी देखिएको गुनासो बढेको छ । अस्पतालमा लाखौँ रुपैयाँ अनियमितता भएको आशंका कार्यदलमा रहेकाहरुले नै गर्दै आएका छन् ।

कार्यदलका सदस्यहरुलाई जानकारी नै नगराइ अनुमोदन गरिएको भन्ने विवरण सार्वजनिक भएपछि उनीहरुले आपत्ति जनाएकाछन् । यो अस्पताल सञ्चालन गर्नका लागि महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार रुपैयाँ पेस्की दिएको थियो । त्यसपछि वाग्मती प्रदेश सरकारले भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न चैत २० गते एक करोड रुपैयाँ दिएको थियो ।

अडिट गर्ने, गराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा अस्पतालका लेखापाल फडिन्द्र खनाल र अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीलाई दिइएको थियो । कोरोना अस्पताल सञ्चालन कार्यदलको बैठकमा भने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएको भए पनि अस्पतालमा वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको विवरण सार्वजानिक भएको देखिन्छ । अस्पतालले दिएको विवरणअनुसार वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ ।

क्वरेण्टीन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८, एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक वापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ । अस्पतालले पीपीई र एन ९५ मास्कमा मात्रै भ्याटसहित करिब ३४ लाख खर्च गरेको देखाइएको छ ।

अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधी खरिद र मेसिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । जसको लागि४५ लाख खर्चको सिलिङ तोकिएको थियो । १८ लाखको हिसाब अस्पतालले देखाउन सकेको छैन । सार्वजनिक खरिद ऐनको खरिदसम्बन्धी व्यवस्थामा पाँच लाखसम्मको खर्चमा तीनवटा सप्लायर्ससँग दरभाउ पत्र मागेर सबभन्दा कम गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दामाथि टेन्डरमा जानुपर्ने नियम छ ।

मिति र तथ्यांक केलाउँदा ७ चैतमा खुलेको अस्पतालमा १५ गते अधिकांश सामान ल्याएको देखिन्छ । सामान खरिद गर्दा प्रकृया पूरा गर्न नसकेको देखिएको छ ।कार्यदलका सदस्य सचिव डा. अधिकारीले विज्ञप्ति निकालेर सोमबारको बैठकले आयव्यय विवरण अनुमोदन गरेको बताए पनि कार्यदलका सदस्यहरुले आपूmहरुलाई जानकारी नभएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*