बन्दाबन्दीमै झोलुङ्गे पुल निर्माण

जनपत्र
१८ बैशाख २०७७, बिहीबार ०६:४८

बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ ।

कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माण स्थललाई पूर्ण रूपमा बन्द गरेर काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले त्यसलाई पूर्ण रूपमा बन्द गरेर कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइएको थियो । रङ्गीचङ्गी बत्ती जडान गरिने उक्त पुल विसं २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो ।

अहिले भौतिक निर्माणको काम सकिएको र पुलको दायाँबायाँ विभिन्न रङका बत्ती जडानका लागि वायरिङको काम भइरहेको थानीरबीएलटीरहिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिएका छन् । पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री पहिले नै राखिएको र कामदारसमेत रहेकाले बन्दाबन्दीका बेला पनि निर्माण नरोकी काम सकेर हस्तान्तरण गर्ने तयारी गरिएकोमा बन्दाबन्दीका कारण रोकिएको खड्काले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*