अछामका एक व्यक्तिको भारतमा हत्या

जनपत्र
१७ बैशाख २०७७, बुधबार १४:४७

अछाम – भारतमा रहेका अछामका एक व्यक्तिको ड्युटीमा बेला भएको आक्रमणका कारण ज्यान गएको छ ।

मलबजार नगरपालिका-९, मष्टाबण्डाली घेगडका ५० वर्षीय जुक्ते रावतको भारतको हरियाणा राज्यको यमुनानगरमा  आक्रमणका कारण ज्यान गएको हो।

मंगलबार राति ड्युटीमा रहेको बेला एक जना भारतीयले आक्रमण गर्दा गम्भीर घाइते भएका रावतको उपचारका लागि पीजीआई हस्पिटल चण्डीगढ लैजाने क्रममा हरियाणाको पंचकुला भन्ने ठाउँमा बुधबार बिहान मृत्यु भएको उहाँका नाति धिरज रावतले जानकारी दिनुभयो ।

गम्भीर कुटपिट गरी नालीमा फ्याक्ने क्रममा प्रहरीले देखेर आक्रमणकारीलाई समेत पक्राउ गरी प्रहरी चौकीमा राखिएको उहाँले बताउनुभयो । मृतकका २ छोरा र १ छोरी रहेका आफन्तले जनाएका छन् ।

हत्यारालालाई कडा कारबाहीको माग गरिएको हाल भारतमै रहेका मृतकका भाइ शेरबहादुर रावतले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*