महाकाली तरेर भारत पुगेका ४ नेपाली पक्राउ

जनपत्र
१७ बैशाख २०७७, बुधबार ०६:५३

सीमानाका बन्दको अवस्थामा महाकाली तरेर भारत गएका चार नेपालीलाई सीमा सुरक्षा बल ‘एसएसबी’ले पक्राउ गरेको छ । मंगलबार बिहानै महाकाली तरेर भारत पुगेका चार जनालाई सीमा गस्तीमा रहेको एसएसबीले पक्राउ गरेको हो ।

उनीहरुले पिथौरागढ जिल्लामा पसल खुल्ने जानकारी पाएपछि आएको बताएका भारतीय सुरक्षाकर्मीले जनाएका छन् । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका खलंगाका शंकर सिंह, राजेश निरौला, महेश टमटा र सन्तोष गौतम रहेका छन् ।

भारतीय सुरक्षाकर्मीका अनुसार शंकरसिंहको भारतको धारचुलामा कपडाको पसल रहेको र अन्य तीन जना सुनचाँदी पसलमा काम गर्छन् । चारै जनाको स्वास्थ्य जाँचपछि नेपाली बस्ने बह्मस्थित राहत शिविरमा राखिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् । कोभिड १९ को संक्रमणबाट जोगिनका लागि नेपाल(भारत आउजाउ बन्द गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*