मकवानपुरको कैलासमा भिरबाट लडेर महिलाको मृत्यु

जनपत्र
१६ बैशाख २०७७, मंगलवार २०:१६

हेटौंडा । मकवानपुरको कैलासमा भिरबाट लडेर महिलाको मृत्यु भएको छ । बाख्राचराउन गएकी महिलाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कैलाश गाउँपालिका वडा नम्बर १ मानेडाँडाका ४१ बर्षीया गौरीमाया थिङको भिरबाट लडेर मृत्यु भएको हो । थिङ मानेडाँडा भिरबाट अन्दाजी ६० मिटर तल खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*