राैतहटमा थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ५४ पुग्याे

जनपत्र
१६ बैशाख २०७७, मंगलवार १४:२१

काठमाण्डाै – रौतहटमा थप दुई जनामा कोरोना भाइरस -काेभिड १९_ सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) बाट कोरोना पोजेटिभ देखिएपछि पीसीआरबाट परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।

अहिले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको बारेमा जानकारी लिने काम भइरहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १० हजार चार सय ७१ जनाको र आरडीटी विधिबाट ४३ हजार ६३ जना गरी ५३ हजार पाँच सय ३४ जनाको कोरोना परीक्षण गरिएकोमा ५४ जनामा कोरोना पुष्टि भएको छ । १६ जना उपचार पछि निको भएका छन् भने बाँकी ३६ को विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।

अहिले कोशी अस्पताल विराटनगरमा ३१ जना, नारायणी अस्पताल वीरगञ्जमा तीन जना, सेती अस्पताल धनगढी र भरतपुर अस्पताल चितवनमा एक/एक जनाको उपचार भइरहेको छ ।

अहिले देशका विभिन्न ठाउँमा गरी २० हजार एक सय ९५ जना क्वरेण्टीनमा रहेका र एक सय ६ जनालाई आइसोलेशनमा राखिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*