राजधानीमा विद्युत् लाइन भूमिगत गर्ने काम फेरि सुरु

जनपत्र
१६ बैशाख २०७७, मंगलवार ०५:५८

लकडाउनले एक महिनादेखि ठप्प उपत्यकाको विद्युत् लाइन भूमिगत गर्ने कार्य पुनः सुरु भएको छ । काठमाडौंको चुच्चेपार्टीदेखि चाबहिल हुँदै गौशालातिरको दुई किलोमिटर खण्डमा लाइन भूमिगत कार्य थालिएको हो ।

मजदुर तथा प्राविधिक कर्मचारी गरी झन्डै ५० जनाले पाँच दिनदेखि गरिरहेको काठमाडौंपूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख सुमन श्रेष्ठले बताए । ‘चाबहिल–जोरपाटी सडक बर्खाअघि नै पिच गर्ने सडक विभागले बताएपछि विद्युत् लाइन भूमिगत गर्ने काम सुरु गरेका हौँ,’ उनले भने । प्रधानमन्त्री केपी ओलीले ५ फागुनमा शिलान्यास गरेको भूमिगत लाइन बिछ्याउने कार्य सरकारले ११ चैतमा लकडाउन गरेपछि रोकिएको थियो ।

विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा काम थालिएको थियो । त्यसअन्तर्गत महाराजगन्ज र बुढानीलकण्ठ क्षेत्रमा पनि भूमिगत गर्ने कार्य सुरु गरिएको थियो । तर, हाल मजुदर तथा कामदार अभावका कारण एउटा साइटमा मात्रै भूमिगत गर्ने काम सुरु गरिएको प्राधिकरणले जनाएको छ । नयाँपत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*