बागमती प्रदेशका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री

जनपत्र
१५ बैशाख २०७७, सोमबार १६:५०

हेटौंडा । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशमा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री आज हस्तान्त्रण गरिएको छ । कार्यालयले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरेको हो । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले आज हेटौडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

कार्यालयले कोरोना भाइरस (कोभिड १९) पछी सरकारले गरेको लकडाउनको समयमा पनि समाचार संकलन गर्नुपर्ने पत्रकारलाई स्वास्थ्य सुरक्षा अपनाएर मात्र हिड्नका लागि सजिलो होस भनेर सामाग्री हस्तान्तरण गरिएका सञ्चार रजिष्टार रेवती सापकोटाले वताउनुभयो ।
कार्यालयले प्रदेशका १३ वटै जिल्लाका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोव्स उपलव्ध गराएको हो ।

हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र सञ्चार रजिष्टार रेवति सापकोटाको पनि उपस्थिति रहेको थियो । महासंघले सोमबारै मकवानपुरको लागि शाखा अध्यक्ष हरि हुमागाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । यसैगरी काठमाण्डौ उपत्यका सहित चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका पनि उक्त सामग्री पु¥याइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*