दाङमा ट्र्याक्टरले किच्दा एक जनाको ज्यान गयो

दाङ – दाङमा ट्र्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ ।
सोमबार बिहान ११ बजे ट्र्याक्टरले किच्दा लमही नगरपालिका ५ कोलहीका १९ वर्षीय विनेश चौधरीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
खोलामा बालुवा लोड गरी घर बनाउँदै गरेको ठाउँमा बालुवा पुर्याउने क्रममा रा १ त ३४७० नम्बरको ट्र्याक्टरले किचेर मजदुरी गर्ने चौधरीको ज्यान गएको हाे ।