बागमती प्रदेशमा ७५९१ को आरडीटी, ३३८ को पीसीआर

जनपत्र
१५ बैशाख २०७७, सोमबार ११:०३

मकवानपुर — वाग्मती प्रदेशमा आइतबारसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट ७ हजार ५ सय ९१ जनाको एन्टिबडी परीक्षण गरिएको छ । विदेशबाट फर्किएका र क्वारेन्टाइनमा रहेकाहरूलाई प्राथमिकता दिएर स्वास्थ्य जाँच गरिएको हो । प्रदेशका १३ वटै जिल्लामा र्‍यापिड टेस्ट गर्दा १४ जनामा पोजिटिभ देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख डा। पुरुषोत्तम सेढाईंले जानकारी दिए।

उनका अनुसार काठमाडौंमा २ हजार ४ सय ८३ जना, भक्तपुरमा ३ सय ५४, ललितपुरमा ४ सय ५६, रसुवामा ५९, नुवाकोटमा ४ सय ८५, धादिङमा ५ सय ४४, चितवनमा ८ सय ६ जनाको आरडीटी गरिएको छ। त्यस्तै सिन्धुलीमा ४ सय ८९, रामेछापमा १ सय ५५, दोलखामा ३ सय ३३, काभ्रेमा ४ सय ७४, सिन्धुपाल्चोकमा ४ सय ३० र मकवानपुरमा ५ सय २३ जनाको परीक्षण गरिएको छ।

त्यस्तै हेटौंडाको ल्याबमा मात्र आइतबारसम्म ३ सय ३८ को पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको ल्याबमा दैनिक ६५ जनाको स्वाब परीक्षण गर्ने क्षमताको पीसीआर मेसिन छ। त्यहाँ तीन जनाको स्वाब रिपोर्ट पोजिटिभ आएको थियो। तीनै जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। उक्त ल्याबमा मकवानपुर, सिन्धुली, बारा, पर्सा, रौतहटबाट पनि स्वाब नमुना ल्याउने गरिएको छ।

प्रदेशमा अहिले ८७ जना मात्र क्वारेन्टाइनमा छन्। काठमाडौंमा आठ, रसुवामा १४, नुवाकोटमा आठ, धादिङमा नौ, सिन्धुलीमा तीन, सिन्धुपाल्चोकमा ४५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका उपसचिव दीपेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार ललितपुरमा तीन र रामेछापमा एक गरी प्रदेशभर चार जना मात्र आइसोलेसनमा छन्। प्रदेशभरि ३ हजार ७ सय ८० क्वारेन्टाइन र ८ सय ९८ वटा आइसोलेसन बेड रहेको सुवेदीले जानकारी दिए। इकान्पिुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*