विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टमा रोकियो
काठमाडौँ — विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेका छन् ।
महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा लाइन लगाएर राखिएको छ। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको हो।
८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका छन्। यात्रुहरु काठमाडौं प्रवेश गरिरहेको समाचार सम्प्रेषण सुरु भएपछि प्रहरीले यात्रु रोकेको हो। काठमाडौं प्रवेशका लागि माथिको आदेश चाहिने भन्दै प्रहरीले यात्रुलाई अहिले चेकपोस्टमै राखेको छ।
यात्रुहरुले आफूहरु लकडाउनका कारण विराटनगरमा अलपत्र परेको र मेयर भीम पराजुलीले गाडीको व्वयवस्था गरेर काठमाडौं पठाएको बताएका छन् ।