हेटौंडामा फोन र अनलाईनबाट सामान अडर गर्दा घरमै आइपुग्ने सुविधा

सुन्दर मार्केटबाट सामान खरिद गर्नेहरु हेटौंडामा बढ्दै
जनपत्र
१५ बैशाख २०७७, सोमबार ०८:५१

हेटौंडा । मकवानपुरका आम नागरिकलाई घरमै वसेर सामान खरिद गर्नका लागि सुन्दर मार्केटले सजिलो वनाएको छ । अहलिे घरघरमा लगेर सुन्दर मार्केटले सामान झारिदिने गरेको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेका बेला सर्वसाधारणलाई बजार निस्कन समस्या हुने भएकाले नयाँ वर्षको अवसरमा हेटौडाका युवाहरुले सुरु गरेको अनलाईन डेलिभरी सेवा प्रभाबकारी बन्दै गएको छ ।

आफुहरुले अनलाईन सुरु गरेको आधा महिना भएको र अनलाईन मार्फत दाल ,चामल,तेल,चिनी,चियापति,गेडागुडी,साबुन,स्याम्फु लगायतका सामानको अर्डर गर्नेहरुको संख्या बढीरहेको सुन्दर मार्केट डटकमका संस्थापक संचालक सन्तोष सञ्जेलले जानकारी दिनुभयो ।

आम नागरिकको सेवा संगै नयाँ काम सुरु गरिएको उहाँले वताउनुभयो । हेटौंडाका धेरै नागरिकलाई लकडाउनका बेलामा बजारबाट सामान ल्याउनका लागि समस्या हुने र सवारी साधनको समेत अभाव भइरहेको समयमा सेवा दिन लागेको उहाँले वताउनुभयो ।

ग्राहकले फोन र अनलाईन मार्फत सामान अर्डर गरे पश्चात घरमै सामान पु¥याइदिने गरेको छ । कोरोना भाइरसको कारणले लकडाउनको अबस्थामा बजारमा भिडभाड नहोस भन्नको लागि उपभोक्ताको घरमै आवश्यक सामानहरु उचित मुल्यमा डेलिभरी सहितको सेवा दिइरहेको छ ।  सामान अर्डर गर्नको लागि https://sundarmarket.com र वेवसाइटमा गइ आफुलाई चाहिएको सामान अर्डर गर्न सकिन्छ । अथवा ९८१६२८८१७७ नम्बरमा सिधै सम्पर्क पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*