२ बजे मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन’बारे निर्णय हुनसक्ने

जनपत्र
१४ बैशाख २०७७, आईतवार ११:५०

काठमाण्डाै – आइतबार (आज) दिउँसाे २ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनका बारेमा निर्णय गर्ने सम्भावना छ ।

लकडाउन लम्ब्याउने सरकारको तयारी छ । कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने सरकारले तयारी गरेको हो ।

तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा मन्त्रिपरिषदमा छलफल भएपछि निर्णय हुनेछ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको कार्यदलले लकडाउन एक हप्ता थप्न र सङ्क्रमणको अवस्था हेरेर केही ठाउँमा खुकुलो गर्न सकिने सुझाव दिएको छ ।

केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे पनि छलफल भइरहेको छ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि साेमबार सकिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*