पोखराबाट उद्धार गरिएका मजदुर मकवानपुर आइपुगे
हेटौंडा । मुलुकमा अहिले लकडाउन जारी रहेको छ र लकडाउनका कारण आफ्नो ठाउँ र गाउँका जनप्रतिनिधिहरु बाहिरी जिल्लामा अड्किएपछि मकवानपुरका जनप्रतिनिधिहरुले आफ्नो अगुवाईमा आफ्ना नागरिकहरु जिल्ला भित्राउन थालेका छन् ।
यसैक्रममा शनिबार पोखरामा अलपत्र परेका मकवानपुरका नागरिकहरुहरुलाई जिल्ला भित्राइएको छ । मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको अगुवाइमा पोखरामा अलपत्र परेको एक सय जना नागरिकहरुलाई आज बिहान मकवानपुर जिल्ला भित्राइएको बागमती बिन्दवासिनी कन्टक्सन प्रालिका संचालक राजकुमार तिमलसिनाले जानकारी दिनुभयो ।
मकवानपुरको बकैया, बागमती, गढी गाउँका सो स्थानमा अलपत्र परेका नागरिकहरुलाई हेटौंडामा रहेका निजी बिद्यालयहरु जि।एस।निकेतन र तासिर बिद्यालयका बसको सहयोगमा जिल्ला भित्राइएको उहाँले जानकारी दिनुभयो । जिल्ला भित्राइएकाहरुको स्वास्थ्य जाँच गरिएको पनि बताइएको छ । यसअघि दाहालकै समन्वयमा काठमाण्डौबाट पनि आफ्ना क्षेत्रका नागरिकलाई जिल्ला भित्रयाइएको थियो ।