मकवानपुरको कैलाशका नागरिकलाई दश वटा वसमा ल्याइदै
हेटौंडा । मकवानपुरको बिकट कैलाश गाउँपालिकाका नागरिकलाई आज काठमाण्डौंबाट दश वटा वसमा राखेर ल्याइदै छ । कामको शिलशिलामा काठमाण्डौमा बसेका नागरिकलाई गाउँपालिकाले काठमाण्डौंमानै ज्वरो जाँच गर्ने, मास्क, ग्लोवस लगाउने र स्यानीटाइजर हातमा लगाएर मात्र ल्याउन लागिएको हो । बसमा पनि स्प्रेछर्केर ल्याउन लागिएको छ ।
मकवानपुर क्षेत्र नम्बर–२ का सांसद विरोध खतिवडासंग समन्वय गर्दै गाउँपालिकाले स्वास्थ्य सुरक्षा अपनाएर मात्र आफ्ना नागरिकलाई काठमाण्डौबाट गाउँमा ल्याउन लागिएको छ । गाउँपालिकाकै खर्चमा सबै करिव एक हजार जनाजतीलाई ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो ।
आफ्ना गाउँपालिका आउन चाहने र काठमाण्डौं उपत्यकामा कामको शिलशिलामा बस्दै आएका नागरिकलाई फिबर गनले ज्वरो जाँच गर्ने, तत्काल त्यही मास्क प्रयोग गर्न लगाउने, हातमा ग्लोव्स लगाउन लगाउने र त्यसपछी मात्र गाउँ भित्रयाउन लागिएको अध्यक्ष मोक्तानले वताउनुभयो ।
कैलाश गाउँपालिकाले पहिले सवै वडाका वासिन्दा अहिले लकडाउनका कारण काठमाण्डौमा वस्न बाध्य भएकाहरुको नाम संकलन गरेर स्वास्थ्य सुरक्षा अपनाएर नागरिक ल्याउन लागेको राम्रो काम भएको क्षेत्र नम्बर २ का सांसद खतिवडा वताउनुहुन्छ । यस क्षेत्रका नागरिकलाई ल्याउका लागि निरन्तर रुपमा काम भइरहेको उहाँले वताउनुभयो ।






