माघमा कास्कीको हिमपहिरोमा हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार

जनपत्र
१३ बैशाख २०७७, शनिबार ०९:०५

काठमाण्डौ – गएको माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु इलाकामा हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार गरिएको छ ।

हिमपहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली गाइड तथा चार जना कोरियन पर्यटकहरुमध्ये नेपाली सेनाले धादिङका मेमबहादुर तामाङको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

हराएकामध्ये एक नेपाली गाइडको शव यस अघि नै फेला परिसकेको र थप एक नेपालीको शव देखिएको हुँदा शव निकाल्ने तथा अन्य बेपत्ताहरुको खोजी भैरहेको नेपाली सेनाले जनाएको छ ।

अझै पनि बाक्लो हिउँ रहेकोले खोजी कार्यमा समस्या रहेको सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*