हेटौंडा छिर्नेलाई अनिवार्य सेनिटाइज, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन्

चार जना एकै पटक अटोमेटिक मेसिन भित्र छिरेर सेनिटाइज गर्न सकिन्छ ।
जनपत्र
१२ बैशाख २०७७, शुक्रबार १६:३४

हेटौंडा । भारत र तराइका जिल्लाबाट हेटौंडा छिर्ने मुख्य नाकामा  अटोमेटिक सेनिटाइज मेसिन राखेर आजैबाट काम सुरु गरिएको छ । बिशेषगरी अती आवस्यक सामान भारतबाट लिएर आउने चालकलाई लक्षित गरेर हेटौंडाको चुरीयामाइमा हेटौंडा उपमहाँनगरपालिकाले सेनिटाइज मेसिन राखेको हो ।

कोरोना भाइरस (कोभिड १९) को त्रास वढी रहेको समयमा हेटौंडा छिर्ने धेरैवटा नाका मध्यक्ष चुरीयामाईमा हेटौडा छिर्न लागेका कुनैपनि व्यक्ति सेनिटाइज गरेर मात्र हेटौंडा प्रवेश गर्न पाउने छन् । केही हद्सम्म भने पनि कोरोनाबाट बच्नका लागि यसले सहयोग गर्ने छ ।
भारत र प्रदेश २ बाट छिर्ने कुनैपनि चालकलाई हेटौंडाको रातेमाटेमा सेनिटाइज गरेर मात्र छिर्न दिने गरी आजबाट काम सुरु गरिएको हो । उपमहानगरपालिकाले एक लाख ६० हजार रुपैयाँ लागतमा खरिद गरेको सेनिटाइज मेसिनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयो । मुख्यमन्त्री पौडेलले यो मेसिन प्रभावकारी हुने बताउनुभयो ।

रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई  अनिवार्य सेनेटाईज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ । अत्यावश्यक सेवा दिनुपर्ने स्थानहरूमा तत्काल यो मेसिन प्रदेशका बिभिन्न स्थानहरुमा जडान गरीने उहाले बताउनुभयो । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने भएपनी भौतिक दुरी कायम गरि सेनेटाईज गरीने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरिएका मेसिनको २ सय लिटर क्षमता रहेको र २ हजार जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ ।मेसिनको मूल्य एक लाख ६० हजार रुपैंया लागतमा हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । यस्तै सेनटाईज सेवा चितवनमा पनि रहेको मञ्चले जानकारी दिएको छ । रातोमाटे प्रहरी बिटमा खटिने प्रहरीले यात्रुहरुलाई सेनेटाईज गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*