मकवानपुरको राक्सिराङमा राहत वितरण गर्ने एक जनाको लडेर मृत्यु
हेटौंडा । पस्चिम मकवानपुरको राक्सिराङ्ममा लडेर बेहोस भएका एक जनाको मृत्यु भएको छ । गैरसरकारी संस्थाबाट राहत वितरणका लागि गएका एक जनाको लडेर बेहोस भएपछी अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङ मा राहत वितरणका लागि गएका एकको जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनकुटा प्रखिबासका अन्दाजी ५० बर्षीय खडक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले बतायउनुभयो ।
दिगो बिकासका लागि एकता नेपाल नामक संस्थाबाट राहत वितरणका लागि राक्सिराङ ६ पुगेका कटुवाल एक्कासी लडेर बेहोस भएका थिए।






